प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीपीडितलाई अपिल

म्याग्दी– जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी […]

सम्बन्धित सामग्री

दुर्गेस थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं १३ चैत । गायक तथा मोडल दुर्गेस थापाविरुद्ध प्रहरिमा उजुरी परेको छ । थापासहित तीनजना विरुद्ध मदिरा सेवन गरी कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरीमा उजुरी दिएका हुन । काठमाडौंको भएको वनभोज कार्यक्रममा जाँदा कुटपीट र गालिगलोज गरेको भन्दै क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा […]

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ। प्रहरी बाहेक जिल्लाको आठ वटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी समेत मिलापत्रमै सीमित...

जिल्ला प्रहरी कार्यालयमा बारामा १० करोड बढीको चेक बाउन्सकाे उजुरी

बारा । जिल्ला प्रहरी कार्यालयमा बारामा ७ महिना यता १० करोड भन्दा बढीकाे चेक बाउन्सका उजुरी परेका छन् । चालू आर्थिक वर्षको माघसम्म चेक बाउन्सको मात्रै २ सय ७९ उजुरीमा १० करोड भन्दा बढी रुपैयाँको चेक बाउन्सको उजुरी परेका हुन् । जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख भए अनुसार १ सय १८ जाहेरी, १ सय १३ ठाडो […]

सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी, अनुसन्धान थाल्दै प्रहरी

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। मंगलवार पीडितका आफन्त निवेदन लिएर गौशाला प्रहरी वृत्तमा पुगेका हुन्। १८ वर्ष मुनिका नाबलिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध उजुरी परेको महानगरीय प्रहरी कार्यालयका एआइजी रवीन्द्र धानुकले पुष्टि गरे। 'गौशाला प्रहरी वृत्तमा पीडितका आफन्तहरु…

फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

नुवाकोट- बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।

सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध अख्तियारमा उजुरी

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको उजुरकर्ताको आरोप छ । बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरकर्ताले दावी गरेका छन् । २०७८ चैत २७ मा अवकाशमा जान लागेका खनालले आर्थिक वर्ष २०७५–०७६ मा

मन्त्री रेणु यादवविरुद्ध प्रहरी कार्यालयमा उजुरी

साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् । यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।

३६७ जना प्रहरीविरुद्ध उजुरी

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा उजुरी परेको हो । उजुरी परेकामध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । २२९ वटा घटनाको छानबिन […]

उजुरी नै पर्दैन हुम्लाको लिमी प्रहरीमा

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको छ। विकट गाउँ त्यसमाथि एउटै समुदायको बसोबास रहेको लिमीमा झैझगडा, अपराध र चोरीका घटना नहुने भएपछि प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको हो। चौकी इन्चार्ज कृष्णजंग शाहले प्रहरीकहाँ घटनासम्बन्धी कुनै उजुरी नपर्ने गरेको जानकारी दिए। उनका अनुसार प्रहरीले लिमीमा नियमित गस्ती भने […]

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । […]