काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयसँगै दुवै प्रदेशको प्रशासनिक नेतृत्वमा आजै सचिवमा बढुवा भएका अधिकारीलाई पठाइएको छ। यससँगै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा […]
काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन लागि प्रधानमन्त्री नेतृत्वको अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुनका लागि […]
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् । सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकी हुन् । उनले जेन जेड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् । […]
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह सिफारिस भएका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई प्रधानमन्त्री बालेन शाहले रिक्त मन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। उनको सिफारिसपत्र राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ। यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी गौरी यादवले बिहीबार नै […]