राष्ट्रिय सभामा कानून मन्त्री गौतमले मागिन् माफी

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् । सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकी हुन् । उनले जेन जेड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् । […]