थप ७ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता, ३ ओटा अझै पर्खाइमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गरेका ११ कम्पनीहरूमध्ये १० कम्पनीलाई आशयपत्र प्रदान गरेको नेप्सेले तीमध्ये ७ कम्पनीलाई आज सदस्यता प्रदान गरेको हो । नेप्सेले १० कम्पनीलाई असार १५ गते आशयपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।  बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गर्ने ११ कम्पनीमध्ये के.वि.एल सेक्यूरिटिज लिमिटेडले भने पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताको लागि आवेदन दिएको छैन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले दिएको जानकारी अनुसार सदस्यता पाउने थप कम्पनीहरूमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज र कलश स्टक मार्केट छन् । यी कम्पनीहरूसँगै आशयपत्र प्राप्त गरेका नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिज भने सदस्यताको पखाईमै छन् । प्रमुख कार्यकारी अधिकृत कार्कीका अनुसार यी कम्पनीहरूले आवश्यक काजगात पूरा गर्न बाँकी छ ।   नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर छ भने मेगा स्टक मार्केट ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी छ । माछापुच्छ्रे सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्ता पूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी छ । नेप्सेको सदस्यता पाउने थप सात कम्पनी पनि पहिलो तहको सीमित कार्य गर्ने कम्पनीहरू छन् । यसअघि ६७ नम्बरसम्म ब्रोकर सदस्यता वितरण गरिसकेको नेप्सेले ६८ नम्बरमा एटिल स्टक हाउस लिमिटेड, ६९ नम्बरमा इन्डेक्स सेक्युरिटिज, ७० नम्बरमा इन्फिनिटी सेक्युरिटिज लिमिटेड, ७१ नम्बरमा शुभकामना सेक्युरिटिज, ७२ नम्बरमा हातेमालो फाइनान्सियल सर्भिसेस, ७३ नम्बरमा मनि वर्ल्ड शेयर एक्सचेन्च र ७४ नम्बरको कलस स्टक मार्केटलाई सदस्यता प्रदान गरेको छ ।  यसअघि पनि नेप्सेले पहिलो तहको सीमित कार्य गर्ने ७ कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । ती कम्पनीहरूले भने असारदेखि नै धितोपत्र बजारमा प्रवेश गरी कारोबार शुरू गरिसकेका छन् । हालसम्म नेपाल धितोपत्र बोर्डले तीन चरणमा २९ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डको लाइसेन्सप्राप्त गरेका सबै कम्पनीहरूले नेप्सेको समेत सदस्यता लिनुपर्ने हुन्छ । नेप्सेको सदस्यता प्राप्त गरेपछि यी कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीहरूले आवश्यक सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अबरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र प्रदान गर्नेछ । राफसाफका लागि समेत नयाँ ब्रोकर कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पनि सदस्यता लिनुपर्ने व्यवस्था छ ।

सम्बन्धित सामग्री

संरक्षणको पर्खाइमा डडेल्धुराको अजयमेरुकोट

डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ।...

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । “जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि […]

जीर्णोद्धारको पर्खाइमा कविलासपुरगढी

भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ। सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म ग्रीष्मकालीन राजधानी थियो।...

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

रौतहट–  रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ ।  उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा […]

पर्यटकको पर्खाइमा हेलम्बु

काठमाडौँ- कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा […]

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।...

जहाजको पर्खाइमा सर्वसाधारण

काठमाडौँ,११ जेठ । जिल्ला बाहिर जान सिमकोट विमानस्थलमा जहाजको पर्खाइमा बसेका हुम्लाका विद्यार्थी र सर्वसाधरण । जहाज भने आइपुगेको छैन । तस्बिरः दाने बोहरा ÷रासस

दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु

अब केवल ढल्ने दिनको पर्खाइमा बसेको छु, दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु। मकिएर गए जरा, हाँगाबिँगा मर्न थाले, छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।...

तिम्रो पर्खाइमा

हो, तिम्रो पर्खाइमा  ती कोमल गुलाफहरु सुकेको पतिङ्गर भएछ तर म अझै थाकेको छैन मेरा यी आँखाहरु  अझै निदाएका छैनन्

पल्पसा भन्छिन्–‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु’

कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । अनलाईनखबरसँग कुरा गर्दै पल्पसाले आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिइन् । उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको र मेरो स्वास्थ्य चेकजाँच भैसकेको छ । सरकारी कामहरु भने बाँकी छ । दशैं तिहारपछि प्रत्यारोपण गर्ने तयारी छ ।’ उनका अनुसार त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण […]