मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ । यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा पनि कडा

सम्बन्धित सामग्री

थप ३ जनामा कोरोना संक्रमण

नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् ।हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थप आठ सय १५ मा कोरोना भाइरस संक्रमण पुष्टि, पाँचको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना...

भारतमा घट्दै कोभिड संक्रमित

भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनामा २० प्रतिशत कमी हो । मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ ।  कोभिडबाट

भारतमा कोभिड संक्रमण दर घट्दो, मृत्युदर बढ्दो

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ । कोभिड संक्रमण बढेसँगै सरकारले ख

कोभिड : अभिभावकविहीन बालबालिकाको तथ्यांक खोज्दै सरकार

२६ पुस, काठमाडौं । बर्दियाका गणेश (परिवर्तित नाम) रोजगारीका लागि ७ वर्षदेखि भारतमा बस्दै आएका थिए । गत वर्ष भदौमा कोभिड संक्रमण भई भारतमा नै उनको मृत्यु भयो । गणेशको मृत्यु भएको खबर सुनेर बर्दियामा रहेकी उनकी श्रीमतीलाई हृदयाघात भयो । अस्पताल पुर्‍याएको केही समयमा नै उनको मृत्यु भयो । उनीहरुका ४ र ११ वर्षका […]

दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण, ५३४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । […] The post दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण, ५३४ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्याङ्कमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम

कोभिड–१९ को दोस्रो लहरसँग जुध्ने रणनीति

दोस्रो लहरमा भाइरसले काम गर्ने उमेरका जनसंख्यालाई आक्रमण गर्न थालेको हुनाले यसको आर्थिक लागत अरू बढ्ने आकलन गर्न थालिएको छ । विगत एक हप्तामा नेपालमा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुने संख्या ह्वात्तै बढेको छ । यसमा भारतमा संक्रमण बढेपछि त्यहाँबाट घर फर्केका नेपालीहरूले संक्रमण फैलाएको कुरा एकातिर छ भने जसरी भारतीय राजनेताहरूले यो रोगको […]

थप ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यो अवधिमा ६०० जना निको भएका छन्। कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ। योसहित देशभर २ लाख ६० हजार ५९ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ। हाल ६ हजार तीन सय जना सक्रिय संक्रमित…