भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनामा २० प्रतिशत कमी हो । मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ । कोभिडबाट