आजको मौसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।   यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...

सम्बन्धित सामग्री

आजको मौसम: लुम्बिनी र सुदूरपश्चिमसहित यी स्थानमा भारी वर्षा

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा […]

ठूलो असिना पानी : भित्र्याउने बेलाको धान खेतीमा क्षति

धनगढी । डोटीमा असिना ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ । आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन […]

नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन

यस वर्षको मनसुन आज असोज ३० गते आइतबारबाट देशको समग्र भू-भागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबारदेखि नेपालभरबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट असोज २९ गते  मनसुन बाहिरिएको थियो । नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष सो मिति भन्दा १४ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको महाशाखाले जनाएको छ ।यस वर्ष नेपालमा मनसुन २०७९ जेठ २२ गते नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको थियो । मनसुन बाहिरिएसँगै नेपालको मौसम अब सफा रहने र भारी वर्षा नहुने महाशाखाले जनाएको छ ।  मनसुन सकिएसँगै अब क्रमश तापक्रम भने घट्दै जाने र जाडो बढ्दै जाने हुन्छ ।

आज पनि चार प्रदेशमा भारी वर्षा, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक दखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले […]

सोमबारसम्म सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज शनिवारदेखि सुदूरपश्चिम क्षेत्रमा भारी वर्षा हुने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भारी वर्षाको पूर्वानुमान गरिएकोले सतर्क हुनको लागि आग्रह गरेको छ ।  जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय, अत्तरियाका अनुसार २०७९ असोज ८ गते शनिबार देखि १० गते सोमबारसम्म सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुने साथै कंचनपुर, वैतडी र दार्चुला जिल्लामा अझ बढी वर्षा हुने पूर्वानुमान रहेको मन्त्रालयले उल्लेख गरेको छ । असोज ८ देखि १० गतेसम्म सर्वसाधरण तथा विपदमा खटिने सबैमा मन्त्रालयहरु, सबै विपद व्यवस्थापन समितिहरु, स्थानीय तहहरु, नेपाल रेडक्रस सोसाईटी तथा सबै सरोकारवालाहरु र स्थानीयवासी सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।मन्त्रालयले निम्न अनुसारको सतर्कता अपनाउन आग्रह गरेको छ ।१. पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन, २. वाढी, पहिरो, डुवान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला विपद् व्यस्थापन समिति, स्थानीय विपद् व्यस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाईटीलाई तुरुन्त खबर गर्न, ३. वस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन, ४. बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ मा फोन गर्न,५. तत्काल खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यस्थापन समितिहरु र प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नं १६००९१५६६८८ र फोन न. ०९१-५२१३२४ मा फोन गर्न, ६. विपदका समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान राख्न, ७. संभावित विपद्लाई ध्यानमा राखी खोज, उद्धार र राहतका लागि सम्वन्धित निकायहरु तयारी अवस्थामा रहन।

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीमा पानीको सतह […]

सुदूरपश्चिम, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेश, प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका […]

कात्तिकमा अबिरल वर्षा : तीन दिन अझै रहन्छ, त्यसपछि फरक किसिमको हुन्छ !

काठमाडौं । कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांस क्षेत्रमा भारी वर्षा भइरहेको छ । यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ ।  मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । तीनजना बढीको मृत्यु...

डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...

यी क्षेत्रमा आज भारी वर्षा हुने

आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।