एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाईज टोली कोलकाता नाइट राईडर्सका बलर प्रसिद्द कृष्णा कोरोना संक्रमित भएका छन्। प्रसिद्द कोरोना पुष्टि हुने कोलकाताका चौथो खेलाडी हुन्। यसअघि कोलकाताका वरुण चक्रवर्ती, सन्दिप वारियर र टिम साईफर्ट कोरोना संक्रमित भएका थिए। कोरोनाको बढ्दो प्रभावका कारण बिसीसीआईले यसअघि नै आईपीएल अनिश्चितकालका लागि रद्ध गरिसकेको छ।