कांग्रेसको किल्लामा गोकुलको घरदैलो, मतदाताको प्रश्न : वडामा त कांग्रेसले जित्यो, यसपाला के हुने हो?

पनौती : चुनावी प्रचारप्रसारको चटारोमा उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ। काभ्रे-२ मा नेकपा एमालेबाट पूर्वमन्त्री रहेका गोकुल बास्कोटा पनि शुक्रवारबाटै चुनावी प्रचारमा खटिएका छन्। शनिवार बास्कोटा बिहान ८ बजे नै कांग्रेसले जितेको क्षेत्रमा घरदैलोमा निस्किए। पनौती नगरपालिकाको वडा १ कांग्रेसले जितेको वडा हो। यही क्षेत्रमा उनी पुगे घरदैलोमा। बनेपामा चुनावी हेडक्वाटर बनाइरहेका…

सम्बन्धित सामग्री

कांग्रेस नेता शर्मालाई मतदाताको प्रश्न: जग्गाको धनीपुर्जा कहिले आउँछ ?

मतदाताहरूले शर्मालाई नेपालीलाई भुटानी बनाउने प्रकरणमा काङ्ग्रेस नेता बालकृष्ण खाँडलाई कारबाही नगरिएको र नागरिकता विधेयक बारे समेत प्रश्न गरेका थिए। उत्तरमा शर्माले खाँडको मुद्दा अदालतमा भएकाले अदालती निर्णय पर्खिएको भने पनि नागरिकता विधेयकबारे भने केही बो...

सुनसरीका नेतालाई मतदाताको प्रश्न : घोषणापत्रमा खोइ कोसी पीडितका मुद्दा ?

२९ कात्तिक, धरान । बराहक्षेत्र नगरपालिका २ का आनन्दप्रसाद गौतम (८४) को खेतबारी २०३६ सालमा कोसीको बाढीले बगायो । तर उनले नदी बगिरहेको जग्गाको तिरो (मालपोत) अहिले पनि तिरिरहेका छन् । ‘०३६ सालदेखि अहिलेसम्म कति मन्त्री भए, केही भएन, न सट्टा भर्ना, न मुआब्जा, कोसी बगेको जमिनको मालपोत चाहिं लिइरा’खेको छ, लगत कट्टा पनि गरेको […]

रवीन्द्र मिश्रलाई मतदाताको प्रश्न- सिंहदरवार वरिपरिकै विकटता कहिले देख्ने?

काठमाडाैँ – काठमाडाैँ क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार रवीन्द्र मिश्रलाई मतदाताले दैनिकीसँग जोडिएका समस्या समाधान गरिदिन जोड दिएका छ्न्। ठूला गफ र भाषणमात्रै दिनुभन्दा पनि टोल समाजमा शान्ति अमनचयन छाउने वातावरण बनाउन जाेड दिनुपर्ने जनताकाे आग्रह छ। वडा नम्बर ११ बबरमहलमा मंगलबार बिहानको घरदैलोमा मतदाले चुनावी माहोल बनाएर मात्रै […]

सिन्धु सीमाका मतदाताको प्रश्न – अहिलेसम्म लालपुर्जा पाएनौं भोट किन ?

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रे बेँसीमा बर्षौदेखि बसोबास गर्दै आइरहेका एक सयभन्दा बढी घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेका छन् । सुनकोसी र इन्द्रावतीनदीले सीमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रका नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ । तर, लालपुर्जा छैन । सुरुमा जिल्लाको […]

भीमसेनदासलाई मतदाताको प्रश्न : चुनाव जितेपछि फर्किनु भो ?

२३ कात्तिक, काठमाडौं । टोखा नगरपालिका–८, बानियाँटारमा बिहान ८ बजे एक हूल मानिस रूख र चारतारे झण्डा बोकेर लुईं–लुईं हिंडिरहेका थिए । न नारावाजी थियो, न त बाजागाजा । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भीमसेनदास प्रधान जुलूसको बीचतिर खादा र माला लगाएर विस्तारै हिंडिरहेका थिए । शिरमा ढाका टोपी, निधारमा रातो टीका, ईस्टकोटमाथि ज्याकेट, […]

मध्यवर्तीका मतदाताको प्रश्न ? वन्यजन्तुको त्रास कहिलेसम्म ?

भरतपुर, २३ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ । उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन […]

प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ?

काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् ।  आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिले आउँछ ? प्रश्न गरेका थिए ।  मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदैन आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए […]

उम्मेदवारलाई मतदाताको प्रश्न : बाँदर नियन्त्रण गर्ने योजना छ ?

'सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर बाँदरले उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए' स्थानीय सीता पौडेलले भनिन् ।

मतदाताको प्रश्न, विगतका अश्वासन किन पूरा भएनन् ?

सुदूरपश्चिममा आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन् । शनिबार धनगढी उपमहानगरपालिका—१३ मा पुगेका उम्मेदवारसँग स्थानीय मतादाताले चुनावका बेला ठूलाठूला अश्वासन दिने, तर चुनाव जितेर गएपछि नफर्किने भन्दै गुनासो पोखेका थिए । उम्मेदवारले मत माग्दै गर्दा स्थानीयवासी …

नेतालाई डोल्पाका मतदाताको प्रश्न, चुनावमा मात्र हामीलाई सम्झिने हो ?

सुर्खेत : पाँच वर्षअघिको चुनावपछि अनुहार नदेखाएका नेता आइतवार घरआँगनमै देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाही दंग परे। फोन गर्दा कहिल्यै नउठाउने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय कार्यकर्तासहित गाउँ आएर भोट मागेको देख्दा शाही आश्चर्यमा परेका हुन्। ‘जनता चुनावका लागि मात्र चाहिने हो?’, उनले प्रश्न गरे।अघिल्लो स्थानीय चुनावमा मुड्केचुलाबाट नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाइ झिनो मतले पराजित गरेका थिए। रोकाय अहिलेका बहालवाला