उम्मेदवारलाई मतदाताको प्रश्न : बाँदर नियन्त्रण गर्ने योजना छ ?

'सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर बाँदरले उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए' स्थानीय सीता पौडेलले भनिन् ।