नेतालाई डोल्पाका मतदाताको प्रश्न, चुनावमा मात्र हामीलाई सम्झिने हो ?

 सुर्खेत : पाँच वर्षअघिको चुनावपछि अनुहार नदेखाएका नेता आइतवार घरआँगनमै देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाही दंग परे। फोन गर्दा कहिल्यै नउठाउने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय कार्यकर्तासहित गाउँ आएर भोट मागेको देख्दा शाही आश्चर्यमा परेका हुन्। ‘जनता चुनावका लागि मात्र चाहिने हो?’, उनले प्रश्न गरे।अघिल्लो स्थानीय चुनावमा मुड्केचुलाबाट नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाइ झिनो मतले पराजित गरेका थिए। रोकाय अहिलेका बहालवाला

सम्बन्धित सामग्री

सुदूरमा मतदाताको प्रश्न- चुनावमा खर्च गर्न यति धेरै पैसा कहाँबाट आउँछ ?

उम्मेदवार बनेका नेतालाई गलाभरि माला, अनुहारभरि राताम्मे अबिर । तिनका अघिपछि सयाैँको संख्यामा आसेपासे कार्यकर्ता । कहिले गाडीका लस्कर, कहिले मोटरसाइकलका । गाउँघरमा उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउन सक्नेजति खर्च गरेर तडकभडक गरिरहेका छन् । प्रचारप्रसारका दिन घट्दै गर्दा दलका उम्मेदवारको भड्किलो प्रचार बढ्दो छ । स्थानीय तहको चुनावका लागि अब एक सातामात्रै बाँकी छ । तर, सुदूरपश्चिम प्रदेशका अधिकतम मतदातामा भने भोट हाल्नकै लागि कुनै उत्साह छैन ।