निर्वाचन आयोगले जनता समाजवादी पार्टी एकीकरण भएको बेला आयोगमा पेश गरिएको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई नै मान्यता दिएको छ।
जसपाको दल आधिकारिकता सम्बन्धी उपेन्द्र यादवले दिएको निवेदनउपर आयोगले इजलास गठन गरेर सुनुवाइ गर्ने क्रममा २०७८ साउन ७ गते त्यस्तो निर्णय गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेरजबरा सहितको इजलासले उक्त निर्णय गरेको हो।
साविकको समाजवादी पार्टी र राष्ट्रिय जनता दल मिलेर एकीकरण भई गठन भएको...