कोरोना भाइरसविरुद्धको खोप अभियानमा भारतलाई ठूलो सफलता

काठमाण्डाै - भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् ।  भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ ।  चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो । लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भए...

सम्बन्धित सामग्री

सन् २०२० मा कोरोनाको खोप बन्दैन ः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२०  मा कोरोना भाइरसविरुद्धको खोप  बन्न नसक्ने जनाएको छ।  संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ भन्दा अगाडि खोप बन्न नसक्ने बताएका हुन्।  उनले खोप निर्माणमा ढिलाइ भए पनि यसको सुरक्षा मापदण्डमा अपनाउन आग्रह गर...