तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।
ओहायो– नेपाली युवा, विद्यार्थी तथा व्यवसायीको अग्रसरतामा अमेरिकाका विभिन्न राज्यमा गैरहिन्दु अमेरिकी नागरिकले दसैँको टीका तथा जमरा लगाएर सद्भाव साटासाट गरेका छन् । प्रवासमा रहेका नेपालीहरूले सामाजिक सद्भाव तथा एकताको पर्वका रुपमा दसैँलाई विश्वव्यापी बनाइरहेको बेला अमेरिकाको चर्चित हेल्थ केयर अर्गनाइजेसन केयर सोर्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत Erhardt Preitauer सहित उक्त कम्पनीमा आवद्ध ७० जना […]
नुवाकोटको विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी–१२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रुपक खड्काले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १७ वर्
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ । ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैँको टीका लगाउन सक्ने छन् ।
बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ
साफ च्याम्पियनसीपमा भाग लिन माल्दिभ्समा पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । टोलीका सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत दसैँको टीका ग्रहण गरेका छन् । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ । उनले केही दिनअघि मात्र राजीनामा दिइसकेको बताउँदै प्रतियोगिता सकिएपछि नेपाल नफर्कने घोषणा गरेका थिए ।अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलोपटक साफ च्याम्पियन
दाङ – थारु समुदायले दसैँ सामूहिक रुपमा मनाउने गर्छ। दसैँको टीकाको दिन गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात थारु समुदायको मन्दिरमा भेला भएर दसैँको टीका थाप्ने चलन छ। अहिले पनि दाङलगायत पश्चिम नेपालका थारु समुदायले सामूहिक रुपमा दसैँको टीका लगाउने चलन कायमै छ। हरेक घरबाट जमरा, टीका र सगुन बोकेर घरमुली गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात […]