‘धान आयो गुठीधान सक्यो सिठी’नेवार जातिमा खानाको परिकार कसरी खाने ? कहिले खाने ? त्यसको आ–आफ्नै नीतिनियम छ । सहरीकरणसँगै फेरिएको जीवनशैली र व्यावसायिकताले सबैखाले नेवारी परिकार बाह्रैमास पाइन थालेको छ । तर, योमरी गर्मीमा अनि चटामरी र बारा (वः) जाडो मौसममा खाने जिनिस होइन । चन्द्रमासको तिथिमितिअनुसारका जात्रापर्व र सांस्कृतिक अवसरअनुसार फरक–फरक नेवारी परिकार खाइन्छ वा खानुपर्छ ।