लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा बीमा समितिले आवश्यक प्रक्रिया थाल्ने भएको छ । भुक्तानीका लागि आवश्यक पर्ने स्रोत, साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी समितिले तयारी गरेको हो । अर्थमन्त्रालयको निर्देशन आएसँगै समितिले गृहकार्य शुरु गरिसकेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । भुक्तानीको अर्थात् विवरण, स्रोत सुनिश्चितता र भूक्तानीको आवश्यक प्रक्रिया थालनी भएको उनको भनाई छ । गत बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौ