पहिलो पटक मेचीपारि प्रहरीको अस्थायी बिट

भद्रपुर । पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपियाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट २०७७ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको अपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मेची नदीपारि पनि नेपाली बस्ती ठुलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ । (रासस)

सम्बन्धित सामग्री

मेचीपारिका किसानलाई कृषि सामग्री वितरण

भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आयोजित एक कार्यक्रममा ती सामग्री वितरण गर्नुभएको हो ।

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा र भात नेपालतिरै खान्छन् । बेलुकी घाम अस्ताउनुअघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै बाटो लाग्छन् । यो दृश्य मेचीपारिको नेपाल भनेर चिनिएको झापा, मेचीनगर–१५ ग्वालाबस्तीको हो । बस्तीको पूर्वबाट …

स्थानीयको सहयोगमा निर्मित बिओपी भवन उद्घाटन

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिन

मेचीपारि गाउँमा चितुवा आतंक, बाछो र बाख्रा मारेपछि स्थानीय त्रसित

झापा : भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्।भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले जानकारी दिए।आफ्नै आँखाले चितुवा देखेको बताउँदै उनले भने, ‘चितुवा गाउँमा देखिएपछि सुरेश सरियाको चिया बगानको बाटो भएर हिँडडुल गर्न गाउँवासीलाई प्रतिबन्ध लगाएका छौं।’‘गाउँमा चितुवा भारतबाट आयो कि नेपालकै जंगलबाट आयो त्यस्तो केही

मेचीपारि बन्यो प्रहरी बिट

‘मेचीपारिको नेपाल’ भनेर चिनिने झापाको भद्रपुर–५ मा दुई तले पक्की संरचनासहितको प्रहरी बिट निर्माण गरिएको छ ।

अस्पताल छैन, ११ तले भ्यु टावर !

पूर्वी नाकाको सीमान्त सहर वर्षौंदेखि अस्पतालविहीन छ । विपन्न परिवारका बिरामीहरू उपचारका लागि मेचीपारि भारततर्फ पुग्छन् । कतिपय बिर्तामोडको महँगो निजी अस्पतालमा भर्ना हुन्छन् ।

मेचीपारि ‘सपना’को बाढी

झापा । मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता...

पर्वत पोर्तेल

कुनै समय दार्जिलिङ नेपाली साहित्यको केन्द्र जस्तै थियो । बीचको विश्रामपछि फेरि यहाँको नयाँ पुस्ता जुरमुराउँदै छ । यस्तै जागरणबीच नेपाल लिटेररी ग्रुप दमकले यस पटक ‘अनप्लग कविता साँझ’ शृंखलाको १२ औं संस्करण मेचीपारि पुर्‍याएको छ ।