झापा : भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्।भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले जानकारी दिए।आफ्नै आँखाले चितुवा देखेको बताउँदै उनले भने, ‘चितुवा गाउँमा देखिएपछि सुरेश सरियाको चिया बगानको बाटो भएर हिँडडुल गर्न गाउँवासीलाई प्रतिबन्ध लगाएका छौं।’‘गाउँमा चितुवा भारतबाट आयो कि नेपालकै जंगलबाट आयो त्यस्तो केही