विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ ।नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको छ । यस्तै सो अवधिमा हरियो केराउको मूल्य प्रतिकेजी ११० रुपियाँबाट बढेर १५५ रुपियाँ पुगेको छ ।सङ्घका अध्यक्ष राजकुमार श्रे...