मकवानपुरका इन्द्रसरोवर र भीमफेदीमा एमाले विजयी

बागमती । स्थानीय तहको निर्वाचनअन्तर्गत मकवानपुरका दशओटा स्थानीय तहमध्ये दुईओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले बताएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए । यस गाउँपालिकाका पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमाले दुईओटा वडामा मात्र जित हात पार्न सफल भयो । त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिकाको प्रमुखमा एमालेका हिदम लामा विजयी भएका छन् । सोमवार बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामा पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् । रासस

सम्बन्धित सामग्री

मकवानपुरको ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को चुनिए?

हेटौंडा : मकवानपुरको १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका…

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत ल्याउनुभयो । एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७२५ मत ल्याउर विजयी हुनुभयो। कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याउनुभएको छ ।