भरतपुर महानगरको ल्याण्डफिल साइट निर्माण अन्योलमा

चितवन।भरतपुर महानगरपालिकाले वडा नं ११ स्थित जलदेवी सामुदायिक वनमा निर्माण गर्ने भनिएको ल्यान्डफिल साइटको विषयमा अन्योल भएको छ । जग्गा सट्टाभर्नामा दिन तत्कालीन भरतपुर उपमहानगरपालिकाले माडीको अमेलियामा खरीद गरेको जग्गा वन कार्यालयले अस्वीकार गरेपछि ल्यान्डफिल साइट निर्माणमा अन्योल बढेको हो । ल्यान्डफिल साइट बनाउन जलदेवी सामुदायिक वनको १५ बिघा जग्गा उपलब्ध गराउने सरकारले निर्णय गरेको थियो । त्यसका लागि वनलाई जग्गा सट्टाभर्नामा दिन तत्कालीन भरतपुर उपमहानगरले २०७२ असार १५ गते माडीमा जग्गा किनेको थियो । सट्टाभर्नाको जग्गा बगर भएको, राष्ट्रिय वनसँग नजोडिएको र त्यहाँ वनको विकास गर्न नसकिने भन्दै डिभिजन वन कार्यालय चितवनले गएको उक्त जग्गा अस्वीकार गरेको हो । वन तथा भू–संरक्षण विभागले गत असोज २ गते वन कार्यालयलाई पत्र पठाएर सट्टाभर्नाको जग्गा लिन मिल्ने/नमिल्ने यकिन गर्न निर्देशन दिएको थियो । भरतपुर महानगरले पनि असोज ११ गते वनलाई पत्र लेखेर जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । वन कार्यालयले भने विभाग र महानगर दुवैलाई पत्र पठाएर जग्गा उपयुक्त नहुने जवाफ दिएको छ । डिभिजन वन कार्यालय, चितवनले महानगरलाई पत्र लेखेर जग्गा अस्वीकार गर्ने जानकारी गराएको छ । ‘सट्टाभर्नामा दिने भनेको जग्गाको नक्सा हामीले नापी कार्यालय माडीबाट मगायौं । नापीको विवरणमा उक्त कित्तासँग जोडिएको जग्गा बगर भएको पायौं,’ कार्यालय प्रमुख थिर कार्कीले भने, ‘त्यो जग्गा पारिस्थितिक प्रणाली सुहाउँदो छैन, वनको विकास तथा विस्तार गर्न पनि सकिँदैन ।’ भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले अर्काे जग्गा सट्टाभर्नामा दिने वा पैसा दिने विषयमा छलफल भइरहेको बताए । ‘वनले त्यो जग्गा सकारेन भने अन्य प्रक्रियामा जान्छौं । जग्गाको साटो पैसा दिन पनि सकिने नीति रहेकाले वनको जग्गाको मूल्यांकन गरी उसको नाममा राजस्व जम्मा गरिदिन सकिन्छ,’ रानाले भने । महानगरपालिकाले ल्यान्डफिल साइटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताएको छ । डिपिआरअनुसार ल्यान्डफिल साइट बनाउन करीब एक अर्ब रुपैयाँ लाग्नेछ । ‘ल्यान्डफिल साइटका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने काम शुरू भएको छ । इआइए आइसकेपछि टेन्डर डकुमेन्ट बन्छ,’ उनले भने, ‘त्यसपछि निर्माण शुरू हुन्छ ।’ इआइए प्रतिवेदन आउन करीब ६ महीना लाग्ने उनको भनाइ छ । ल्यान्डफिल साइट निर्माणमा निजीक्षेत्र पनि जोडिन सक्ने भएकाले महानगरलाई मात्रै करीब ७० करोड रुपैयाँ बजेट आवश्यक पर्ने उनले बताए ।

सम्बन्धित सामग्री

ल्याण्डफिल साइट पुग्ने सडक नियमित पखाल्दै महानगर

२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्ने सडक निरन्तर पानीले पखालेर सरसफाइ गरिरहेको छ । महानगरका अनुसार फोहोर फालेर फर्किंदा गाडीले सडकमा हिलो बनाउने र फोहोर बोकेर जाँदा लिचेड चुहिने भएकोले नियमित एउटा ट्याङ्करले पानी हालेर सफा गरिरहेको हो । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालले सडक […]

फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् । उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ । तर त्यसका लागि केही अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने तामाङको भनाइ छ । तर, कसरी सम्भव छ त ?यस्ता छन् तामाङका १० सूत्रः १. घरघरमा जम्म

बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा बालेनको बेवास्ता

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन मिल्ने […]

पोखरा महानगरलाई ‘ल्याण्डफिल साइट’ को सकस

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएका मुख्य दुईमध्ये रिठ्ठेपानी डाँडा कटानको समस्या समाधान हुने भएको छ। तर, अर्काे बाधक मानिएको ल्याण्डफिल साइटको समस्या भने झनै जटिल बन्दै गएको छ। किनकी ल्याण्डफिल साइट नसारेसम्म विमानस...

तानसेनमा फोहोर व्यवस्थापन चुनौती, ल्याण्डफिल साइट प्रयोगविहीन

पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ। फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन। तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।

पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने निर्णय

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ । बुधबारको कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो । पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले जनाएको छ । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।तर, वडाध्यक्ष शिव आचार्य भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउ

‘ल्याण्डफिल साइट’ पोखरालाई टाउको दुखाई

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। तर, विमानस्थल संचालनमा बाधक मानिएको वर्षाैदेखिको एउटा समस्या भने ज्यूँ का त्यूँ छ। त्यो हो–विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन। ‘ल्याण्डफिल साइट’ व्यवस्थापन पोखराक...

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने निर्णय विरुद्ध स्थानीयको विरोध

पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।...

पोखराको पस्मराङमा तोकियो नयाँ ल्याण्डफिल साइट

८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो । महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का […]

पोखराको ‘ल्याण्डफिल साइट’ पस्मराङमा सारिने

पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ। महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णय गरेक...