जिल्लाको त्रिबेणी गाउँपालिका २ काभ्राका ४२ वर्षीय कर्णबहादुर थापाले छ वर्षअघिसम्म आफ्नो सात रोपनी खेतमा खाद्यबाली लगाउने गरेका थिए । प्रत्येक वर्ष खाद्यवाली उत्पादनमा कमी आउन थालेका कारण परिवारको गुजारा चलाउन कठिनाइ हुन थालेपछि बाली लगाउन छाडेर तरकारी खेती गरे । तरकारी खेती गरेर उनले वार्षिक ७ लाख आम्दानी गर्दै आएका छन् । जसबाट उनले आफनो चार जनाको परिवार सजिलै पाल्ने मात्र नभई छोरा राजेन्द्रलाई फार्मेसी पढाउन सफल भएका छन् ।