कर्णाली प्रदेशमा खाद्य उत्पादनमा वृद्धि, दुग्धजन्य उत्पादन भने घट्यो

भदौ ३१, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको छ ।  प्रदेशमा खाद्यबालीले ढाकेको भू–क्षेत्र र खाद्य उत्पादनमा वृद्धि भएको पाइएको हो । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/ ७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भू–क्षेत्र २ दशमलव ६९ प्रतिशत बढेको छ भने ६ दशमलव ५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । प्रतिवेदन अनुसार विगतका वर्षको तुलनामा धानबालीको उत्पादन ३ दशमलव ८१ प्रतिशतले बढेको छ । मकै र कोदोबाली १७ दशमलव ४५ प्रतिशतले उत्पादन बढेको छ । प्रदेशमा तरकारी उत्पादन भने घटेको अध्ययनले देखाएको छ । तरकारी उत्पादनमा २ दशमलव २६ प्रतिशतले गिरावट आएको हो । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको पाइएको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, पशुजन्य उत्पादन मासु, माछा र अण्डामा वृद्धि भएको छ । दुग्धजन्य उत्पादन भने घटेको छ । दुग्धजन्य उत्पादनमा शून्य दशमलव ६९ प्रतिशतले कमी आएको हो । कोरोना महामारीबाट सृजित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दुग्धजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले कोरोना महामारीले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको बताए । उनका अनुसार कर्णालीमा पर्यटक आवागमनको संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६ दशमलव ४३ प्रतिशतले घटे पनि उनले बताए ।  आर्थिक वर्ष २०७६/ ७७ को चैतदेखि २०७८/ ७९ को भदौसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

सम्बन्धित सामग्री

कर्णालीमा बालीको उत्पादन घट्यो

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ। आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ।...

कर्णालीमा बालीको उत्पादन घट्यो

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैर स्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगा

कर्णालीमा बाली उत्पादन घट्यो

कर्णाली । कर्णाली प्रदेशमा बाली उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ ।  नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको...

जन्मदर कम हुँदा २० वर्षमा जनसङ्ख्या वृद्धिदर १.३२ प्रतशितले घट्यो

केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको संक्षिप्त तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले जनसङ्ख्या वृद्धिको अनुमान भन्दा करिब १२ लाख बढीले जनसङ्ख्यामा कमी आएको तथ्याङ्क छ। विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भएर तीन करोड तीन लाख ७८ हजार ५५ जनसङ्ख्या पुग्ने अनुमान गरेको थियो। तर, सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसङ्ख्या वृद्धि भएर हाल नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ रहेको छ।

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला एसको प्रदेश इन्चार्ज

काठमाडौं, ३१ असोज । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो । त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त […]

कोभिड संक्रमणको टेस्ट पोजेटिभिटी दर घट्यो, कर्णाली प्रदेशमा अझै उच्च संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो साता कोभिड–१९ को टेस्ट पोजेटिभिटी दर घटेको छ । देशभर पछिल्लो साता देशभरको औसत पोजेटिभिटी दर १५.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  तर, केही प्रदेशमा भने नयाँ संक्रमित थपिने दर उच्च रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । पछिल्लो साता परीक्षण गरिएकामध्ये...

कर्णालीमा घट्यो संक्रमणदर

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर केही रुपमा घटेको छ। साउन महिना लाग्दै गर्दा उकालो लागेको कोरोनाको ग्राफ भदौ महिना सुरु भएसँगै केही कमी आएको देखिन्छ ।साउन ३० गते प्रदेशभर सक्रिय संक्रमितहरुको संख्या ९७७ जना रहेको थियो भने कुल संक्रमितको संख्या ३१ हजार ४९५ जना रहेको थियो । यो तथ्याङ्क कोरोना महामारीको पहिलो र दोस्रो लहरको अहिलेसम्मकै धेरै हो।साउन ३१ अथवा महिनाको अन्तिम दिनमा ९ सयबाट झरेर सक्रिय संक्रमितको संख्या ८८६ मा खुम्चिएको देखिन्छ ।स्वास्थ्य सेवा निर्देशनालयका अनुस

छ वटा प्रदेशको बजेट घट्यो कर्णालीको बढ्यो

सात वटै प्रदेशका अर्थमन्त्रीले आआफ्नो प्रदेश सभामा शुक्रबार आर्थिक २०८०/८१ का लागि दुुई खर्ब ७७ अर्ब ६१ करोड ९६६ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । छ प्रदेशमा बजेट घटेर आए पनि कर्णाली प्रदेशमा भने बजेट सामान्य बढेको छ । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत ३४ अर्ब २४ करोड ३५ लाख बजेट सार्वजनिक गरेको थियो । कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रहेको छ ।