त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।...
भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या […]
कुनै समय व्यापार व्यवसायमा धेरै हुने नाकाको रुपमा पहिचान बनाएको कोइलावास पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल भित्रिने नाकाको रुपमा परिचित हुन थालेको छ । व्यापार व्यवसायको लागि सामान आयात र निर्यात गर्ने भन्दा भारतीयहरु नेपाल आउने र नेपालीहरु भारत जाने नाकाको रुपमा स्थापित हुन थालेको हो । कोइलावास भन्सार कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० […]
काठमाडौं,१४ जेठ । सन् २०२२ मा नेपाल आउने विदेशी पर्यटकको संख्यामा भारतीय नागरिकको दबदवा कायमै रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतयि रहेका छन् । सन् २०२२ भारतबाट मात्रै नेपाल आउने कूल पर्यटक संख्याको ३४.१ प्रतिशत पर्यटक […]
धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेक
काठमाडौं : नोभेम्बरमा हवाई यातायातमार्फत नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाटै भित्रिएका छन्। दक्षिण एसियाली मुलुकहरुबाट मात्रै ३४ प्रतिशत विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ।
बोर्डका अनुसार नोभेम्बरमा विदेशी पर्यटकको आवागमन ५६ प्रतिशत कायम भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै विदेशी पर्यटक आवगमन दर सामान्य…
भैरहवा- स्थल मार्ग भई आउने भारतीय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए । पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा […]
काठमाण्डाै - अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ ।
यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । यस वर्ष नेपाल आउने पर्यटकमा २२ हजार चार सय ७७ जना भारतीय नागरिक छन् भने बाँकी तेस्रो देशका नागरिक हुन् ।
अघिल्लो वर्ष अर्थात सन् २०२१ को अप्रिल महिनामा २२ हजार चार सय ५० जना आएका थिए । यस्तै सन् २०२० को अप्रिल महिनामा १४ जना मात्रै विदेशी पर्यटक आएका थिए ।
कोरोना महाम...
साउन ११, झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जानकारी दिएको छ ।
कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या शून्य भएको हो ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए ।
नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महीनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।
उनले भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताए । ‘धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु पर्यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ’, उनले भने, ‘तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरुलाई प्रवेश निषेध छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।’
भिसा नवीकरण जारी
अध्यागमन कार्यालय काँकडभिट्टाले हाल भिसा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७/०७८ मा रू. ५० लाख ६४ हजार ४२१ राजस्व संकलन गरेको छ । यो गत वर्षको तुलनामा आधा कम हो । उनका अनुसार गत वर्ष कार्यालयले पर्यटक भिसाबापत रू. एक करोड एक लाख २३ हजार ७४० राजस्व संकलन गरेको थियो ।
कार्यालयले एक वर्षको अवधिमा ३५० विभिन्न प्रकारको भिसा नवीकरण गरेको कार्यालयप्रमुख कोइरालाले बताए । उनका अनुसार कार्यालयले पर्यछक, नाता, वैवाहिक र एनआरएनलगायतका भिसाको नवीकरण गरिरहेको छ ।
कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो तर लकडाउन शुरु भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ । रासस
हुन त भारतीयहरू धेरै वर्षअघिदेखि पर्यटकका रूपमा नेपाल आउने गरेका भए तापनि चिनियाँहरूले भने यस्तो मौका सन् २००३ देखि मात्रै पाएका हुन् । तापनि चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा दोस्रो हुन थालेका हुन् । सन् २००३ को पहिलो वर्षमा ७ हजार ५ सय ६२ […]