काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।