कोरोना भाइरस संक्रमण निको भइसक्दा पनि कतिपयमा विभिन्न समस्या देखिने गरेका छन् । जसमध्ये एक हो – कपाल झर्ने समस्या ।
भारतको नयाँदिल्लीस्थित कैयौ अस्पतालमा कोरोना निको भएपछि कपाल झर्ने समस्या लिएर बिरामी आइरहेका चिकित्सकले जनाएका छन् । दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका कस्मेटिक तथा प्लास्टिक सर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शाहीन नूरेजदानले कपाल झर्ने समस्या लिएर आउने बिरामीको संख्या दोब्बर बढेको बताए । ‘यसमा पोस्ट कोभिड नै प्रमुख कारण रहेको छ । पौष्टिक आहारामा कमी, तौलमा अचानक परिवर्तन, हार्माेनमा गडबडी र भिटामिन...