अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो : सरोजलाई तीन स्वर्ण

भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्फ स्वर्ण जितेका हुन् । उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई हराउँदै स्वर्ण जिते । पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए ।&

सम्बन्धित सामग्री

तेक्वान्दोमा इमोनलाई स्वर्ण

कोटेश्वर तेक्वान्दो डोजाङका इमोन राणाले शुक्रबार प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।...

तेक्वान्दोमा इमोनलाई स्वर्ण

कोटेश्वर तेक्वान्दो डोजाङका इमोन राणाले शुक्रबार प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।...

कोटेश्वरलाई १२ स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक १२ स्वर्ण जितेको छ ।...

कोटेश्वरलाई १२ स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक १२ स्वर्ण जितेको छ ।...

नेप्लिज तेक्वान्दो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । […] The post नेप्लिज तेक्वान्दो च्याम्पियन first appeared on Hamro Khelkud.

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो।...

तेक्वान्दो च्याम्पियनसिप : अस्ट्रेलियामा सागरलाई स्वर्ण

काठमाडौँ- नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको […]

मनोजलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।

तेक्वान्दो प्रतियोगितामा  बालाजु टिम च्याम्पियन

बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय/डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको  छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो । फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागार्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५ कांस्यसाथ आयोजक फ्रेन्डसिप ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । दुई टिम सहभागी आयोजकको ‘बी’ टिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य हात पार्‍यो । प्रतियोगिताको पुर...

एमिल तेक्वान्दो डोजाङलाई तीन स्वर्ण

नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण, एक रजत र एक  कांस्य जितेका छन् । पुरुष यू–१० मा एड्रिम राई र यू–९ मा कर्मा तामाङ तथा महिला यू–७ मा विशेषता रन्जितले स्वर्ण जितेका हुन् ।  पुरुष यू–९ मा आराध्यादेव अछामीले रजत तथा यू–१३ ब्ल्याक बेल्टमा स्वरुप बायुङ राईले कांस्य हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिएका छन् ।   प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह ...