नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण, एक रजत र एक कांस्य जितेका छन् ।
पुरुष यू–१० मा एड्रिम राई र यू–९ मा कर्मा तामाङ तथा महिला यू–७ मा विशेषता रन्जितले स्वर्ण जितेका हुन् ।
पुरुष यू–९ मा आराध्यादेव अछामीले रजत तथा यू–१३ ब्ल्याक बेल्टमा स्वरुप बायुङ राईले कांस्य हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिएका छन् ।
प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह ...