सबै खालका व्यावसायिक सेवा ‘भेटायो’ एपबाट

सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि भन्दै भेटायो एप सञ्चालनमा ल्याइएको छ। छिटो र सरल एपका रुपमा यसलाई लिने गरिन्छ। यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरिरहेको छ। यसले घरेलु तथा व्यावसायिक सेवाहरु प्रदान गरिरहेको छ। सञ्चालनको पहिलो महिनामा भेटायोले […]

सम्बन्धित सामग्री

आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरबीच सम्झौता

काठमाडौं । विद्युतीय माध्यमबाट कर भुक्तानी सेवाका लागि आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विद्युतीय माध्यमबाट कर भुक्तानीका लागि महानगरपालिकाले आइएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट ‘आइएमई पे’को प्रयोग गर्नेछ । सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका नागरिकले स्थानीय सरकारलाई तिर्नुपर्ने करहरू (जस्तै, घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर) सजिलै उक्त एपबाट तिर्न सक्नेछन् ।

‘फाइनान्सियल नोटिसेस’ एप लाखभन्दा बढी पटक डाउनलोड

फागुन २५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक ‘फाइनान्सियल नोटिसेस’ एप प्लेस्टोरमा एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ । एप फल्टर प्रविधिमा अद्यावधिक गरी एपलाई प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको बताइएको छ । यो एपबाट बैंक तथा वित्तीय संस्थाका ताजा आर्थिक सूचना, समाचार र महत्वपूर्ण आर्थिक जानकारी हेर्न पढ्न र सुन्न सकिने छ ।  त्यस्तै, व्यक्ति वा संस्थागत दैनिक कारोबारहरु खर्च र आम्दानीको हिसाब, कर्जा सापटी लेनदेनका हिसाब, वस्तु खरीदविक्रीका हिसाब, व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिने जानकारी दिइएको छ ।   एप डाउनलोड गर्नेको संख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले भने, ‘डिजिटल सूचनाप्रति आम नागरिकको चासो बढ्नुले हामीलाई थप हौसला मिलेको छ । साथै बैंक वित्तीय क्षेत्रको सूचनालाई डिजिटाइज गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा हामीलाई झनै ठूलो जिम्मेवारी थपिएको महसुस गरेका छौं ।’ उनले भने, ‘हामीले यो रेस्पोन्स डिजिटल सूचनालाई नेक्स्ट लेभलमा लैजान, थप सेवासुविधा र वित्तीय साक्षरताको अभियान सार्थक बनाउन बैंक वित्तीय संस्थाहरु फाइनान्सियल नोटिसेससँग आबद्ध गर्न उत्प्रेरक ठानेका छौँ ।’  एपले आम नागरिकको वित्तीय आवश्यकता, चाहनाको विश्लेषण, वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही पहिचान गर्न मद्दत गर्दछ । त्यस्तै, ऋणको सही सूचनाबाट सही निर्णय लिन सक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट, प्रयोग, दैनिक व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्ने बताइएको छ ।