काठमाडौं । विद्युतीय माध्यमबाट कर भुक्तानी सेवाका लागि आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विद्युतीय माध्यमबाट कर भुक्तानीका लागि महानगरपालिकाले आइएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट ‘आइएमई पे’को प्रयोग गर्नेछ । सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका नागरिकले स्थानीय सरकारलाई तिर्नुपर्ने करहरू (जस्तै, घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर) सजिलै उक्त एपबाट तिर्न सक्नेछन् ।