गण्डकीको ‘आमसञ्चार विधेयक’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको चौतर्फी विरोध भएको छ । सरकारले प्रदेशसभामा भदौ २९ मा विधेयक टेबुल गरेपछि पत्रकारसँग सम्वद्ध संघ–संस्थाले विधेयक सच्याएर प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु हटाउन माग गरेका छन् ।नेपाल पत्रकार महासंघ गण्डकीले बिहीबार प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघ कास्की, अनलाइन पत्रकार संघ गण्डकी र प्रेस चौतारी कास्की लगायतले विज्ञप्त