खुल्न थाले सार्वजनिक सवारीसाधन

काठमाडौँ । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले …

सम्बन्धित सामग्री

निजी स्कुलका विद्यार्थी ओसार्न नियमविपरीत सार्वजनिक सवारीसाधन प्रयोग

चार सय बसले बोक्छन् निजीका विद्यार्थी, दैनिक ४८ हजार यात्रु मारमा काठमाडौं उपत्यकाभित्रका निजी स्कुलले आफ्ना विद्यार्थी ओसार्न सार्वजनिक सवारीसाधन प्रयोग गर्दा दैनिक हजारौँ सार्वसाधारणले सास्ती खेप्नुपरेको छ । ‘पिकआवर’ (बिहान ८...

उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल

काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ। शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण...

‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताइन् । कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताइन् ।  सडक वा चालकको […]

आजदेखि काठमाडौँको निषेधाज्ञामा कडाइ, बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ— कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको  छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा […]

उपत्यकामा सार्वजनिक सवारीसाधन चलेपनि नयाँ बसपार्क भने अझै सुनसान

साउन १, काठमाडौं । दुई महीना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन ।  देशैभरका भाडाका बस आउने र जाने नेपालको एक मात्र राष्ट्रिय बसपार्क गोँगबुस्थित नयाँ बसपार्क उपत्यका बाहिरका सवारी साधन उपत्यकाभित्र प्रवेश गर्न नपाउँदा सुनसान बनेको हो । नयाँ बसपार्कमा देशभरका ६५ भन्दा बढी जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन दैनिक आवतजावत गर्दै आए पनि कोरोना संक्रमणका कारण उक्त कार्य रोकिँदै आएको छ । कोरोना संक्रमणकै कारण यातायात बन्द हुँदा नयाँ बसपार्कमा मासिक रू. दुई करोड ५० लाख नोक्सानी हुँदै आएको छ । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । काठमाडौं महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर निषेधाज्ञाका कारण लामो समय बन्द हुँदा नयाँ बसपार्कलाई मासिक करोडौँ नोक्सान भएको स्वीकार गर्नुहुन्छ । गत वर्ष पहिलो चरणको कोरोना संक्रमणको समयमा झण्डै छ महीना बन्द रहेको नयाँ बसपार्क यस वर्ष दुई महीनाभन्दा धेरै समय बन्द भइसकेको छ ।  डेढ वर्षको समयमा आठ महीना पूर्णरूपमा र बाँकी समय आंशिक बन्द हुँदा नयाँ बसपार्कमा रू. २० करोडभन्दा बढी नोक्सानी भएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जानकारी दिएको छ । ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवम् कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ रुपैयाँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौं महानगरपालिकालाई समेत वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।  शुरुका दिनमा जथाभावीरूपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको छ ।  नेपालको एक मात्र राष्ट्रिय बसपार्कलाई अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न बसपार्क बनाउने लक्ष्य राखिए पनि धेरै समय बन्द हुँदा समस्या परेको अध्यक्ष कुँवरको भनाइ छ ।  यस्तै कोरोनाका कारण नयाँ बसपार्क बन्द हुँदा वरपरको क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको छ । झण्डै एक हजार होटल तथा रेष्टुराँ रहेको सो क्षेत्रमा कोरोनाका कारण अधिकांश होटल बन्द रहेका छन् । नयाँ बसपार्कमा झण्डै ५० वटा दोहोरी साँझ सञ्चालनमा छन् । होटल व्यवसायी महासंघ नेपालका सचिव एवं नयाँ बसपार्कमा गोरखा लिगलिग होटल सञ्चालन गरेर बस्नुभएका नारायण गुरुङ लामो दूरीका सवारी साधन सञ्चालन नहुँदा होटलमा पाहुना नआउने गरेको बताउँछन् । ‘लामो समय बन्दाबन्दी हुँदा बैंकको किस्ता र होटल भाडा तिर्न समस्या भएको छ, सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पछ्याउँदै होटल व्यवसाय सञ्चालन गर्न दिनुपर्छ’, उनी भन्छन् ।  सरकारले असार २२ गते मंगलवारदेखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरे पनि सडकमा भने यथेष्ट मात्रामा सवारी साधन अझै चल्न सकेको छैन । रासस

पर्सामा निषेधाज्ञा थप खुकुलो, जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

वीरगञ्ज– पर्सामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जिल्लामा लगाइएको निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारीसाधन र जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले निषेधाज्ञालाई परिमार्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाभित्र […]

जोरबिजोर प्रणाली हट्यो, २५ सिटमुनिका सवारीसाधन चल्न पाउने (आदेशसहित)

काठमाडौं : काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटेको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले १० दिन निषेधाज्ञा थप्ने पनि निर्णय गरेको छ। निर्णयअनुसार अब २२ गतेबाट २५ सिटमुनिका सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन्।यसअघि जोरबिजोर प्रणालीबाट २५ सिट माथिका मात्रै सवारीसाधन चल्न दिइएको थियो। सवारीसाधनमा भएको सिट क्षमताअनुसार मात्र यात्रुहरु राख्न पाइने छ।

जोरबिजोर उल्लंघन गर्दै सडकमा सवारीसाधन

काठमाडौं : सरकारले गत १५ गतेबाट काठमाडौंं उपत्यकाभित्र जोरबिजोर प्रणालीबाट २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिएको छ। यस अघि भने निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्दै आएका थिए।तर अहिले सडकमा जोरको दिन बिजोर र बिजोरको दिनमा पनि जोर नम्बरका सवारीसाधन चल्न थालेका छन्। सवारीसाधन चाप बढेपछि ट्राफिक जाम हुने गरेको छ। पछिल्लो समय चेकिङमा कडाई गरिएको छैन। जसकारण सबै नम्बरका सवारीसाधन सडकमा गुडिरहेका छन्। ट्राफिक प्रहरीले चेकजाँच गरेकाे देखिँदैन।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय गर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्दाका मापदण्ड भने तोक्न बाँकी रहेको बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभयो […]

सार्वजनिक सवारीसाधन तत्काल नचलाउने यातायात व्यवसायीको निर्णय

सरकारले सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिए पनि व्यवसायीहरूले यथास्थितिमा सवारीसाधन चलाउन नसकिने बताएका छन्