एकै परिवारका ६ जनाको जलेर मृत्यु, सडक दुर्घटनामा अन्य ६ को गयो ज्यान

विद्युत् प्रवाहमा गडबडी उत्पन्न भई भारतको एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। सोही परिवारका तीनजनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।मंगलबार राति लागेको आगोमा परेर तीनजना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए। आगरा, इत्हा, मणिपुरीलगायत १८ वटा अग्निशमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए।आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आ

सम्बन्धित सामग्री

एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न ४ जनालाई आजीवन कारावास

सङ्खुवासभा – जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो ।  २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसुरदार ठहर गर्दै सोमवार फैसला सुनाएको ज...

एकै परिवारका ६ जनाको हत्या आरोपित ४ जनालाई आजीवन कारावास

काठमाडौँ । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी […] The post एकै परिवारका ६ जनाको हत्या आरोपित ४ जनालाई आजीवन कारावास appeared first on राजधानी राष्ट्रिय दैनिक.

हुम्लामा घरमाथि पहिरो खस्दा एकै परिवारका ६ जना पुरिए

सुर्खेत – हुम्लामा अविरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् । खर्पेगाउस्थित बिच दउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका  धन बिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ […]

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ को मृत्यु

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जना मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो। हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाबारे बुधबार बिहानमात्रै […]

यी हुन् संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ सदस्य (तस्बिरसहित)

काठमाडौं, २२ भदौ । संखुवासभाको उमलिङमा हत्या गरिएका एकै परिवारका ६ जनामध्येका हुन् यी अबोध बालबालिका । कोपिलामै यीनलाई अपराधीहरुले चुडेका छन् । निर्ममतापूर्वक रातको समयमा हत्या गरी बारीमा घोप्टो पारी फालिदिए । विपिन कार्की ८ वर्षका थिए भने गोमा कार्की ५ वर्षकी थिइन् । २० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ […]

एकै परिवारका  ६ जनाको सामूहिक हत्या

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा सोमबार बिहान एकै परिवारका ६ जनाको शव भेटिएको छ । शरीरमा गम्भीर चोट भएकाले उनीहरूको सामूहिक हत्या भएको प्रहरी आकलन छ । घरको आँगन र खरबारीमा छरिएको...

मादीमा एकै परिवारका ६ जनाको हत्या प्रकरण: दुवै छोराहरु वैदेशिक रोजगारीमा

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक नेतृत्वको टोली मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्क पुगेको हो। सोमबार बिहान तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यहरु हत्या गरिएको अवस्थामा फेला परेका थिए। परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । अबको एक घण्टामा […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला...

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’