पोइट आइडलको दोस्रो संस्करण आउँदै, तीन करोडभन्दा बढी खर्च हुने

टेलिभिजन रियालिटी शो का ‘डन डाइरेक्टर’ उपनामले समेत परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन्। पहिलो संस्करणको सफलतापछि अधिकारी दोस्रो संस्करणको तयारीमा लागेका हुन्। ‘डिजिटल अडिशन खोलेको हो। अहिले इस्मोथली कविताहरू आइरहेका छन्’, उनले भने, ‘हाम्रो बानी कस्तो हुँदोरहेछ भने अन्तिम-अन्तिम चरणमा अत्यधिक धेरै पठाइदिने। ह्वार्रै आउने। […]

सम्बन्धित सामग्री

नेपाल जीवनस्तर सर्वेक्षण धमाधम, 'गरीबीको अवस्था पहिचान गरिने'

काठमाडौं । नेपालको गरीबी पहिचान गरी वास्तविक चित्र दिने गरी राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा थालेको जीवनस्तर सर्वेक्षणअन्तर्गत तथ्यांक संकलन अन्तिम चरणमा पुगेको छ । कार्यालयले १ दशकभन्दा बढी समयपछि ‘नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे’ गरेको हो ।  कार्यालयका निर्देशक महोहर घिमिरेले देशको गरीबीको अवस्था पहिचान गर्न सर्वेक्षण गरिएको बताए । यो सर्वेक्षणबाट गरीबीको रेखामुनि रहेको जनसंख्या र गरीब र धनीबीचको असमानताबारे थाहा पाइने उनको भनाइ छ ।  अहिले भइरहेको सर्वेक्षण (चौथो संस्करण)को विस्तृत नतिजा आगामी असोज–कात्तिकसम्म आइसक्ने अधिकारीहरूको भनाइ छ ।  सरकारले सन् २०११ को प्रतिवेदनलाई आधार मान्दै अहिलेसम्म गरीबी निवारण र पहिचानका कार्यक्रम सञ्चालन गरिरहेको छ । पछिल्ला वर्षमा वास्तविक गरीब घरपरिवार पहिचान नहुँदा ती कार्यक्रम उनीहरूका लागि लक्षित गर्न सकेको छैन । कार्यक्रमको प्रभावकारितामा पनि समस्या छ । यसैलाई ध्यानमा राख्दै सरकारले चालू वर्षको बजेटमा गरीबी पहिचानका लागि नेपाल जीवनस्तर सर्वेक्षण गर्ने घोषणा गरेको थियो । गत साउनमा शुरू भएको सर्वेको काममा देशभर ७५० ओटा प्राइमरी स्याम्पलिङ युनिट बनाएर ९ हजारभन्दा बढी घरपरिवारको सर्वेक्षण गरिएको छ । जिल्लागत हिसाबले गाउँ र शहर मिलाएर स्याम्पलिङ युनिट बनाइएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका निर्देशक घिमिरेले भने, ‘गरीबीको वास्तविक चित्र बाहिर ल्याउन सर्वेक्षण गरिएको हो, यसले वास्तविक जीवनस्तर बाहिर ल्याउनेछ ।’ सर्वेक्षणमा करीब डेढ सय जनशक्ति परिचालन गरिएको छ ।  कार्यालयले सर्वेक्षणका लागि ९ करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ । थप ९ करोडको प्राविधिक तथा आर्थिक सहयोग विश्व बैंकले गर्ने अपेक्षा छ । सन् १९९५/९६ मा १ वर्ष लगाएर पहिलोपटक जीवनस्तर सर्वेक्षण गरिएको थियो । सन् २००३÷०४ मा दोस्रो र २०१०/११ मा तेस्रो सर्वेक्षण भएको थियो ।  पाँच वर्षमा गर्ने भनिए पनि सर्वेक्षण पछिल्लो समय ढिला भएको छ । यसले गर्दा नेपालको गरीबीको वास्तविक अवस्था थाहा हुन सकेको थिएन । नेपालमा सन् २०११ मा सम्पन्न सर्वेक्षणअनुसार नेपालको २४ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छ । उक्त संख्या अहिले घटेको सरकारको अनुमान छ । सरकारलाई कार्यक्रम सञ्चालन गर्न, नीति बनाउन र गरीबका लागि लक्षित नीति पुनरवलोकन गर्न सर्वेक्षणले सघाउने कार्यालयका अधिकारी बताउँछन् ।

बेलायतमा १९ औं गोर्खा कपको हुँदै, १६ महिनापछि नेपालीको जमघट

बेलायतवासी नेपाली समुदायमा सबैभन्दा ठूलो इभेन्टको रुपमा स्थापित  १९ औं गोर्खा कप यहि जुलाई २४ तारिखदेखि हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण  अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुँदैछ । कार्यक्रमको  तयारी पूरा भैसकेको आयोजक तमुधिं यूकेले जनाएको छ ।आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिने उक्त इभेन्टमा ३५ हजार पाउण्ड अर्थात ५७ लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । यसपटकको गोर्खा कपमा मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० ग