सप्तकोसीले कटान गर्दा  तीन सय हेक्टर जमिन बगरमा परिणत

सप्तकोसी नदीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ वडामा कटान र डुबान बढ्दै छ । उक्त क्षेत्रमा झन्डै तीन सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको...

सम्बन्धित सामग्री

वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीयहरु उत्साहीत

दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीयहरु उत्साहीत भएका छन् । संसदमा आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रश्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भएको वीरगञ्ज चिनी कारखाना र कृृषि औजार कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने घोषणा गरेपछि यसले चर्चा पाउन थालेको हो । वीरगञ्ज चिनी कारखाना नेपाल सरकार र सोभियत संघको सहयोगमा २०२१ सालमा स्थापना भएको थियो । दैनिक १५०० टन उखु पेल्ने क्षमता यो कारखानासँग छ । यो उद्योग सञ्चालनमा ल्याउन केही मेशिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था छ । वीरगञ्ज चिनी कारखाना २०५९ सालबाट बन्द छ । वीरगञ्ज चिनी कारखानाका अधिकांश कर्मचारी स्वेच्छिक अवकाश लिइसके पनि झण्डै दुई दर्जन कर्मचारीहरु अहिले पनि करारमा कार्यरत छन् । ऋणले थिचिएको र घाटामा गएको देखाएर २०५९ सालमा सरकारले निजीकरण ऐन २०५० अनुसार खारेजीको निर्णय गरेको थियो । खारेज हुनुभन्दा करिव १० वर्ष अगाडिसम्म चिनी कारखानाको आम्दनी उच्च थियो । प्रत्येक उपकेन्द्रहरुमा पक्की घर रहेको कारखानाले आफैंं विद्युत उत्पादन गर्दथ्यो । २०४६ सालपछि निरन्तर घाटामा गएपछि उद्योग समस्यामा परेको थियो । कर्मचारीको तलव दिनपनि अप्ठ्यारो भएपछि सरकारले खारेजीको निर्णय गरेको पूर्व कर्मचारी वैजनाथ राउत कुर्मीले बताए । उनले पहिला चिनी कारखानाले राम्रो व्यापार गरेको तर बहुदल आएपछि ६÷६ महिनामा सरकार र उद्योगका अधिकारी फेरिने भएपछि उद्योग एकनासले चल्न नसकेको बताए ।  मध्य तराईको बारा, पर्सा तथा रौतहटमा उखुको राम्रो उब्जनी हुने जमिन छ । यसको उत्पादनमा हजारौको संख्यामा कृषकले श्रम लगाए पनि प्रतिफल राम्रो हुन सकेको छैन । नगदे बालीको रुपमा रहेको उखु उधारोमा कारोबार हुँदासमेत किसानहरुलाई निकै समस्या हुने गरेको छ । कारखानाभित्र २ वटा टरर्वाइन छन्, जसबाट ७ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । कारखाना चालु भए कारखानालाई आवश्यक पर्ने बिजुली त्यहीँ उत्पादन गर्न सकिन्छ भने बाँकी केही बिजुली बेच्नसमेत सकिन्छ । कारखाना सञ्चालन ताका करिव २१ सय कर्मचारी कार्यरत रहेका उक्त चिनी कारखाना आज खण्डरमा परिणत भएको छ । चिनी उत्पादनमा प्रयोग गरिएको महँगा र महत्वपूर्ण मेसिनहरुमा खिया लागेको छ । कारखाना बन्दको मार केवल कर्मचारीलाई मात्र नभई मुलुकको अर्थतन्त्रमा समेत पारेको प्रष्ट देखिन्छ । तर कारखाना सञ्चालन हुनेमा यहाँका उद्योगपति व्यापारीहरु भने विश्वस्त छैनन् । सरकारले कारखाना सञ्चालनमा ल्याउनु सह्रानीय कार्य भएको तर सञ्चालनमा आउँछ भन्ने आश अझै नरहेको वीरगञ्ज एद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल बताछन् । उनले यो कारखाना सञ्चालनमा आए हाम्रो लागि आवश्यक भएको पनि बताए । उद्योग सञ्चालनमा ल्याउन केही अफ्ठ्यारो भएपनि सञ्चालन भएमा किसान र यूवाहरुले रोजगारी पाउने बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा चिनी उद्योग सञ्चालनमा ल्याउने भनेसँगै स्थानीयहरु उत्साहीत भएको बताए ।  करिव २१ सय कर्मचारी कार्यरत रहेका उक्त चिनी कारखाना आज खण्डरमा परिणत भएको छ । चिनी उत्पादनमा प्रयोग गरिएको महँगा र महत्वपूर्ण मेशिनहरुमा खिया लागेको र कारखाना बन्दको मार केवल कर्मचारीलाई मात्र नभई मुलुकको अर्थतन्त्रमा समेत पारेको पूर्व कर्मचारी अवधिकिशोर सिंहले बताए ।सरकारले दृढ संकल्पकासाथ वीरगञ्ज चिनी कारखाना सञ्चालनमा ल्याउन चाहे सम्भव उद्योगीहरु बताउँछन् । कारखानामा रहेको मेसिनहरु सुरक्षित हुँदा मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सकिने तर अण्डर ग्राउण्डका तारहरु भने फेर्नुपर्ने उनीहरुको भनाइ छ ।

धान झुल्ने सहेंलाका फाँटमा कागती खेती

जेठ २३, बलेबा । एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे । वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन् ।  पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जग्गा थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन् । व्यवसायिक कागती खेतीमा लागेका किसानले भने छिमेकीका कुराभन्दा आफ्नो समूहको योजना अनुसार काम गरिरहेका छन् ।  बागलुङ नगरपालिका १४ अर्माहाका किसानले झण्डै साढे २०० रोपनी जग्गा एकीकृत गरी व्यवसायिक  खेती  शुरुआत गरेका थिए । यस वर्ष पनि यसलाई थप विस्तार गर्ने जनाएका छन् । चासो कृषक समुहमा आबद्ध ६२  किसान कागतीको खेती विस्तार र स्याहारमा दत्तचित्तले लागिरहेका छन् । उनीहरुले खेती थालेको जग्गा भने बागलुङ–१२ सहेंलाको फाँटमा पर्छ । गतवर्ष लगाएका दुई हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप दुई हजार बिरुवा लगाउने भएका हुन् । ‘हाम्रो योजना ६ हजार बिरुवा ३०० रोपनी जग्गा पुर्‍याउने हो,’ समूहका अध्यक्ष केशव सुवेदीले भने, ‘एकै पटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।’ सुन कागती–२ जातको कागती उनीहरुले लगाएका छन् । सहेंलामा खेतीयोग्य जमिन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ । यहाँ सो खेतीका लागि किसानले ५० लाख बढी लगानी गरिसकेका छन् ।  ‘उनीहरुको उत्साह र मेहेनत निकै राम्रो छ, यो समुहमा भएको खेती अरु किसानका लागि नमुना हुन सक्छ,’ नगर प्रमुख जनकराज पौडेलले भने, ‘सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ ।’ पाँच वर्षमा उत्पादन लिने किसानको योजना छ । यस वर्षपनि थपिने दुई हजार विरुवा सुन कागती–२ जातकै हो । एक करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट झण्डै रू. २० लाख अनुदान पाएका छन् ।  एउटा बोटमा चालिस किलोसम्म फल्छ, हामीले विक्री गर्दा सय रुपैयाँ सम्ममा विक्री गर्न सकिएला,’ अध्यक्ष सुवेदी भन्छन्, ‘विरुवा बयस्क हुँदा सिजनमा एक करोड ६० लाख आम्दानी गर्ने योजना छ ।’ एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकिकृत गरिएको हो । पाँचवर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जानकारी दिएको छ । रासस

कोसी बाढीपीडित खेतीपातीमा : बालुवा खोस्रेर कृषिकर्म

२०६५ भदौ २ को कोसी बाढीले ठूलो जनधनको क्षति भयो । धान, मकै, गहुँ, सनपाट, आलु उत्पादन हुने कोसी गाउँपालिकाको ३ हजार १ सय बिघा जमिन रातारात मरुभूमिमा परिणत भयो ।

चार सय मुरी खेतीयोग्य जमिन बगरमा परिणत

बडिगाड नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै जाँदा अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। विगत २० वर्षदेखि निरन्तररूपमा गुल्मी दरबार गाउँपालिका–१ माझी बस्ती नजिकै रहेको डिल्लीओडार फाँटको खेतीयोग्य जमिन नदीले कटान गर्दै आएकाले अधिकांश फाँट बगरमा परिणत भएका हुन्। अधिकांश सीमान्तकृत माझी समुदायको खेत संरक्षण नहुँदा वर्षेनी बडिगाड नदीले कटान गर्दै आएकाले बाँकी रहेको…

चार सय मुरी खेतीयोग्य जमिन बगरमा परिणत

गुल्मी, असोज २२ गते । बडिगाड नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै जाँदा अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । विगत २० वर्षदेखि...

५ सय बिघा खेत बगरमा परिणत - Karobar National Economic Daily

उदयपुरः त्रियुगा नदी र चुरे क्षेत्रबाट बग्ने करिब एक दर्जन खहरे खोलाका कारण यस वर्ष  उदयपुरको सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । विगत वर्षजस्तै यस वर्ष पनि…

बाढीका कारण ८ सय रोपनी उर्भर भूमि बगर बन्यो ! - Naya Patrika

गुल्मी जिल्लामा केहि दिन अघि आएको बाढीका कारण आठ सयभन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । जिल्लाका कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोला किनारमा रहेका...पूरा पढ्नुहोस् »

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

वर्षासँगै आएको बाढीले गुल्मीमा सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पुर्‍याएको छ।