२३ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिएकोले वीरगञ्जको मुख्य सडकमा सवारी साधनको चाप छ । घण्टाघरदेखि माईस्थानसम्म पुग्न सामान्य अवस्थाभन्दा धेरै समय लाग्छ । सडकको एक साइडमा बाइक पार्किङ गर्ने गरिएको छ । तर बाइक पार्क गर्न ठाउँ पाउनै मुस्लिक छ । बरु एक लाइनको साटो कतै कतै दुई लाइन पार्किङ भएको देख्न सकिन्छ । […]