काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको छ। सोमबार नै सभामुख सापकोटा र लीले वार्ता गर्नुहुने कार्यसूची छ।वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगाम