तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली झान्शु सोमबार नेपाल आईपुगे । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए । सभामुख सापकोटा र अध्यक्ष ली बीच संघीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उनको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो […]