राष्ट्रिय गौरवका आयोजना अन्तरगत निर्माणाधिन बुटवल—नारायणगढ सडकखण्डको काम समयमा पूरा हुन नसकेपछि फेरि म्याद थप गरिएको छ । एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो । म्याद थप गरिएसँगै उक्त सडकखण्ड पूरा हुन अझै एक वर्षसम्म लाग्ने देखिएको छ । सडक नबन्दा पूर्व पश्चिम भएर चल्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । नवलपरासी पश्चिममा पर्ने पुर र कल्भडहरु भने पूरा भएका छन । सम्झौताअनुसार गत साउन तेस्रो हप्तामा सम्पन्न हुनुपर्ने सडकको काम अहिलेसम्म १८ प्रतिशत मात्र भएको छ ।&nbs