काठमाडौं : नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य भएको टिप्पणी गरेका छन्। काठमाडौंमा आइतबार आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विचार गोष्ठीमा कम्युनिष्टबीच मोर्चाबन्दी गरेर अघि नबढने हो भने आगामी ३/४ वर्षभित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने बताए। अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरूभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि उनल