टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’
इमरजेन्सीमा ३० देखि ४६ वर्ष उमेरका बिरामीलाई देखाउँदै डा. अनुप भन्छन्, ‘यी सबैलाई भेन्टिलेटर चाहिन्छ । नत्र भने दुई-तीन दिनमा सबै कोल्याप्स हुन्छन् । कसरी बचाउने? ’
धनगढी । सुदूरपश्चिमको रेफरल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ । स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको हो । अक्सिजन रिजर्व प्लान्टको फिलिङ स्टेशन भने आउन बाँकी छ । अबको २५ दिनमा फिलिङ स्टेशन पनि आइपुग्छ । प्लान्ट […]
नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई ५० क्यूबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट बनाइदिएको हो
काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो । १० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रति दिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ । त्यसै गरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर प्रति दिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा
चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सामाग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ ।
३० हजार लिटर परिणामका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री आइपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।
उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिन्डर अक्सिजन भरिने प्रमुख गौतमले बताउनु भएको छ । उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझन स्वास्थ सेवा विभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका आइपुगेका छन् । चिनिया...
सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।आईसीयू(भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५
काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रतिमिनेट एक हजार लिटर अक्सिजन उत्पादन गरिरहेको छ। दुईवटा अक्सिजन प्लान्टबाट एक मिनेटमा एक हजार लिटर अक्सिजन उत्पादन भइरहेको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. सन्तकुमार दाशले बताए। त्रिविमा रहेको एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट भने एक वर्षदेखि बिग्रिएर थन्किएको छ। त्यो बनेको खण्डमा त्रिविले बाहिर अरूलाई पनि अक्सिजन दिन सक्छ।
काठमाडौं, बैशाख १३ । कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्। ‘पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका […]
काठमाडौं। कोरोनाले विरामीको फोक्सोमा असर गर्ने हुनाले अस्पताल भर्ना भएका व्यक्तिलाई अक्सिजन अत्यावश्यक हुन्छ। खासगरी भेन्टिलेटरमा राखिएका विरामीको शरीरमा अक्सिजन अभाव हुन्छ। चिकित्सकहरुकाअनुसार भेन्टिलेटरमा राखिएका विरामीलाई प्रत्येक मिनेट ५० देखि ६० लिटरसम्म अक्सिजन आवश्यक पर्छ। फेसमास्कबाट अक्सिजन दिँदा प्रतिमिनेट पाँचदेखि ६ लिटर, भेन्टिलेटरमा २५ देखि ३० र हाईफ्लो नेजल थेरापीमा ५० देखि ६० लिटर अक्सिजन आवश्यक पर्ने चिकित्सकहरु बताउँछन्।