नबिल बैंकले वीर अस्पतालमा बनाइदियो अक्सिजन प्लान्ट

नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई ५० क्यूबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट बनाइदिएको हो

सम्बन्धित सामग्री

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं (अस) । नबिल बैंकले वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बैंकको ३७ आंै वार्षिकोत्सव अवसरमा उक्त प्लान्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार बैंकले ५० क्युबिक लिटर÷प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको हो । यो अक्सिजन प्लान्टले कोरोना महामारी जोखिमको प्रतिकार्य र बिरामीको जीवन रक्षा हुने अक्सिजन आपूर्तिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको बैंकले जनाएको छ । गत वर्ष कोभिड–१९ प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ नगद सहयोग गरेको थियो । बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासमा काम गर्दै आएको छ ।

नबिल बैंकको सामाजिक उत्तरदायित्व बहन, वीर अस्पताललाई अक्सिजन प्लान्ट सहयोग गर्यो

काठमाडौं। नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । आफ्नो

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकले  वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमबार आफ्नो

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा बैंकले एक औपचारिक कार्यक्रमका वीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।  उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएक

कोरोना रोकथाम र नियन्त्रणमा नबिलको ८ करोड सहयोग

नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिँदै जा“दा अस्पतालमा बिरामीले...

कोरोना रोकथाम र नियन्त्रणका लागि नबिल बैंकको ८ करोड सहयोग

जेठ ५, काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । सो सम्बन्धि नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर मंगलवार भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ । यसका लागि अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने जानकारी दिएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिइएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । चालू आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड रुपैया नगद सहयोग गरेको छ । त्यसै गरी नबिल बैंकले सरकारी तथा विपदमा काम गरेका विभिन्न संस्थासँग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सातै ओटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपतकालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । त्यसैगरी बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ । विर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बंैकले थप प्रकिया अगाडि बढाइसकेको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रू. ८ करोडको सहयोग प्रदान गर्ने भएको छ । विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनिकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु पर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसँग यस किसिमको साझेदारी गरेको बैंकले बताएको छ ।