धनगढीको गेटा विमानस्थल : अघि बढ्न सकेन विस्तारको योजना

गोदावरी (कैलाली) । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन । विसं २०७८ मा नेपाल नागरिक उड्डययन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो । दुई वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित रु एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।  धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न दुई सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए । उनका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन । विमानस्थल प्रमुख सिंहले सरकारले चालु आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिए । उनका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डययन प्राधिकरण बोर्डले विसं २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो ।  दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयवासीको जग्गा अधिग्रहण गर्न रु १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहुँदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ । ‘विमानस्थल विस्तारको काम अगाडि बढाउन जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । मुआब्जा दिन नसक्दा सबै काम स्थगन गरिएको छ,’ विमानस्थल प्रमुख सिंहले भने । उनका अनुसार विसं २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको थियो । करीब ४५ मिटर चौडाइको दुई हजार पाँच सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन, उद्धार तथा चक्रपथसहितका पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

अघि बढ्न सकेन विमानस्थल विस्तार योजना

धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन । विसं ०७८ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो ।...

ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट दु्रतमार्ग निर्माण गछौँ : मन्त्री आले

धनगढी, २१ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात दु्रतमार्ग निर्माण गरिने बताए । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडकको पूर्वाधार निर्माण तथा […]

धनगढी–ताक्लाकोट द्रुतमार्ग निर्माण गर्छौँ : मन्त्री आले

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङकाे उरै हुँदै चिनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ । धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुग्नुभएका मन्त्री आले डोटी पनि पुग्नुभएको थियो । डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नु भएका मन्त्री आलेले यहाँका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक जुनसुकै हालतमा भए पनि निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, &...

गेटा विमानस्थलसँग सात बुँदे सहमति

डोटी । कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्नका लागि सातबुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमति भएको हो । विमानस्थलको स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष […]

कैलालीको गेटा विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न सातबुँदे सहमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच सात बुँदे सहमति भएको हो ।

तस्वीर : पाटन विमानस्थलको निर्माणाधीन टर्मिनल भवन

बैतडीको पाटन विमानस्थलको निर्माणाधीन टर्मिनल भवन । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । ९५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । तस्वीर : रासस

सुदूरपश्चिमका तीन विमानस्थल कालोपत्रे हुँदै

धनगढीको गेटा विमानस्थल कालोपत्रे भएसँगै दैनिक पाँचवटा उडान भईरहेको अवस्थामा, सुदूरपश्चिमका थप तीन वटा विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने