पुस १९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशलमव शून्य ३ अंकले बढेको छ ।
यो दिन नेप्से परिसूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ५४ हजार ५०५ पटकमा रू. ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ मा खरीद विक्री भएको छ ।
कारोबारमा आएका ती धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१७७ पुगेको छ ।
त्यसैगरी दोस्रोमा गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएर रू. १ हजार ३३० पुगेको छ । सोमवार सबैभन्दा बढी रू रू जलविद्युत् कम्पनीका शेयरधनीले गुमाएका छन् ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ५९ प्रतिशतले घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९०४ मा झरेको हो । दोस्रोमा नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य २ दशमलव ४५ प्रतिशतले घटेर रू. ३९८ मा झरेको हो ।
त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको भएको छ । उक्त कम्पनीको रू. २८ करोड ४४ लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको हो । दोसोमा अपि पावर कम्पनीको रू.१८ करोड २९ लाख ९३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक सबै समूहको समूहगत परिसूचक बढेसँगै समग्र नेप्से बढेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतले बढेको छ ।
त्यसैगरी बैकिङ समूहको परिसूचक १ दशलमव ४६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७६ प्रतिशत,विकास बैंक समूहको परिसूचक १ दशमलव ६८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशलमव ३६ प्रतिशत,वित्त समूहको २ दशमलव शून्य ५ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ५१ प्रतिशत,अन्य समूहको शून्य दशलमव १७ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी लघुवित्त समूहको २ दशलमव ८८ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ६५ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव २ प्रतिशत र लगानी समूहको परिसुचक १ दशमलव ८६ प्रतिशतका दरले वृद्धि भएको हो ।