अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै एन्टोनी ब्लीङ्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । अमेरिकी जनतालाई सम्बोधन गर्दै ब्लीङ्केनले काबुलस्थित अमेरिकी दूतावासलाई बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरिएको जानकारी दिएका हुन् ।उनले भने, ‘अब अमेरिकी सेनाको अन्तिम फ्लाइट पूरा भएको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ जसमा हामीले हाम्रो कूटनीतिलाई अघि बढाउँछौँ