भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत् निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठुलो योगदान पुग्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत् निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन्।