काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुग्नु भएको छ । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उहाँ त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गर्नुभयो । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिनु भएको थियो । मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।
भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) क...