भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन अक्टोबर २९ देखि नोभेम्बर २ सम्म इटली, ग्लासगो र बेलायत जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी यही अक्टोबर ३०–३१ सम्म रोममा हुनेछन् ।शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु पनि सहभागी हुनेछन