काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
समाजमा भ्रम तथा नकारात्मक दृष्टिकोणमा अफवाह फैलाएकाले पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरेको हो।