युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको […]